२०८३ साउन ९ शनिबार

राजविराजका बाढी पीडितलाई १० लाखको राहत वितरण

ई आर्थिक    बुधबार, भाद्र ७ २०७४
3.1K
Shares
राजविराजका बाढी पीडितलाई १० लाखको राहत वितरण

७ भदौ, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई रु १० लाख मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ ।

विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक अगाञ्जासहित जीतबहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्यामचन्द्र अगाञ्जा, सुमन अधिकारी र विक्रम थापा राहत सामग्री लिएर त्यस ठाउँमा पुग्नुभएको थियो ।

विद्यालयले २१५ जना बाढी पीडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । शिक्षक अगाञ्जाकाअनुसार विद्यालयले नगदसहित प्रतिपरिवार चामल २५ केजी, दाल पाँच केजी, खाने तेल दुई लिटर, एक कसौडी, दुई थान थाल, एक थान बाल्टिन÷पानी खाने मग, त्रिपाल वितरण गरेको छ ।

मृतक डोमी यादवको परिवारलाई नगद रु पाँच हजार किरिया खर्चका लागि सहयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij