२०८३ साउन ९ शनिबार

३३ किलो सुन काण्डका मुख्य आरोपी पन्थ पक्राउ

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
6.7K
Shares
३३ किलो सुन काण्डका मुख्य आरोपी पन्थ पक्राउ

६ भदौ, काठमाडौं । विमानस्थल बाहिर समातिएको ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाउन सफल भएको हो।

पन्थले दुवईमा बसेर सुनको कारोबार गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दावी छ। सोमबार दुवई हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएका पन्थलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा हाजिर गराउने तयारी गरेको छ। अदालतले पन्थ लगायतलाई अदालतमा आफैं उपस्थित हुन पूर्जी जारिगरेको थियो।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो।

वईमा बसेका मुख्य कारोबारीहरु हरिशरण खड्का, अर्जुन प्रसाद खरेल, रोशन गुप्तलाला भुसाल, कृष्ण गोपाल अग्रवाल, चुडामणी उप्रेती, गोरो भन्ने सिताराम खरेल, केशव चापागाइँ, सञ्जय भन्ने दुर्ग प्रसाद खरेल र गोपाल भुसालसमक्ष भने प्रहरी पुग्न सकेको छैन। नेपालका मुख्य रिसिभरहरु दरबार रोधी क्लबका काभ्रेका रामहरि कार्की, रुविन भन्ने राम प्रताप खड्का र मोरङका प्रकाश खरेल र बुद्धिमान खरेल हुन्।
सीआइबीका अनुसार सुन मगाउनेहरुमा चर्चित सुन पसल आरके ज्वलर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सालिमार ज्वलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल हुन्।

सालिमारकै अनमोल बज्राचार्य र बैभव लक्ष्मी ज्वलर्सका सञ्चालक प्रमोद श्रेष्ठ समेत सुन माग गर्ने व्यापारी रहेको सीआइबीले जनाएको छ। यी व्यापारीहरुसँग शेयर होल्डर्सको रुपमा कैलालीका रवि राजेश बोगटी, काठमाडौं क्षेत्रपाटीका शनि श्रेष्ठ, वैभव ज्वलर्सकै मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ समेत रहको प्रहरी दावी छ। आजको अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij