२०८३ साउन ९ शनिबार

मेडिकल कलेजको सम्बन्धनमा फर्जी नै फर्जी

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
3.2K
Shares
मेडिकल कलेजको सम्बन्धनमा फर्जी नै फर्जी

६ भदौ, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ।

चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डाक्टर करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झुटो प्रतिवेदन तयार गरेको हो। यही झुटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो।

त्रिविले डा. योगी संयोजकत्वमा ६ सदस्यीय निरीक्षण टोली गठन गरेको थियो। टोलीले २०७० कात्तिक २५ र २६ गते निरीक्षण गरी २७ गते बुझाएको प्रतिवेदनमा अस्पताल तथा मेडिकल कलेजमा सबै सुविधा रहेको उल्लेख छ। अाजकाे कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij