२०८३ साउन ९ शनिबार

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका तीन छोरीको अन्त्येष्टी ७ दिन ढिलो

ई आर्थिक    आइतबार, भाद्र ४ २०७४
5.5K
Shares
कुल देउता हराएपछि बाढीमा मृत्यु भएका तीन छोरीको अन्त्येष्टी ७ दिन ढिलो

४ भदौ, काठमाडौं । साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो। तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन्। छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन्।

थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ। किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ। तर कुल देउता नै पुरिए। शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका- ४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ। कुल देउता भेटिए अब छोरीहरुको किरिया बस्छु’ उनले कान्तिपुरसँग फोनमा भने ‘सेनाले बस्ने घर पनि बनाइदियो। अब जिउने सहारा मिलेको छ।’

सेनाले उनका लागि टेन्ट बनाइदिएको छ। थारु समुदायको कुल देउता राख्न छुट्टै कोठा बनाइएको हुन्छ। थारु भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ। जहाँ कुल देउता (माटोको हात्ती, घोडा, पाल र मूर्ति) राखिएका हुन्छन्। खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ।आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij