२०८३ साउन ११ सोमबार

बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकले ल्यायो यस्तो नियम

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
1.7K
Shares
बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकले ल्यायो यस्तो नियम

३२ साउन, काठमाडौं । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ ।

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

२० वर्षसम्म खाताको पैसा बुझ्न नगए राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्छ । बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij