३१ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमानस्थलमा पुगेका छन् ।
बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लामा राहत सामाग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि उनी विमानस्थलमा बिहान साढे दश बजेदेखि निरीक्षणमा लागेका हुन् ।
गृहमन्त्री शर्मासँग गृहसचिव लोकदर्शन रेग्मी, गृह प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव राम कृष्ण सुवेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधि, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि लगायतको उपस्थिति छ ।