२०८३ साउन ११ सोमबार

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ७८ करोड ३६ लाख

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
2.6K
Shares
शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ७८ करोड ३६ लाख

३१ साउन, काठमाडौँ । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ ।

बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।

बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij