२०८३ साउन १२ मंगलबार

पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला प-यो

ई आर्थिक    सोमबार, साउन ३० २०७४
3.7K
Shares
पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला प-यो

३० साउन, वीरगञ्ज । विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको शव फेला परेकोे प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

आइतबार दिउँसो भैँसी चराउन गएकी महत्तो घर फर्किने क्रममा भैँसीको पुच्छर समातेर घर नजिकै रहेको नदी तर्न खोज्दा बाढीले बगाएको थियो । भने हालसम्म महत्तोको शव फेला परेको छैन । यस्तै विन्धवासिनी गाउँपालिका–३ झौवागठीका १२ वर्षीय विवेककुमार साह तिलावे नदीमा आएको बाढी हेर्न गएको बेला उनलाई बाढीले बगाएको थियो ।

यसैगरी पश्चिमी भेगमा रहेको पौर्ताहा र दशैया खोलामा आएको बाढीले भारत बेलहीयाका रामस्वरुप माझीलाई पकहामैनपुर र नुना खातुनलाई जानकिटोला नजिक रहेको खोलाले बगाएको अवस्थामा शव फेला परेको थियो । निज खातुनको शव परिवारले लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij