२०८३ साउन ९ शनिबार

रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरी १७ को हत्या

ई आर्थिक    सोमबार, साउन ३० २०७४
4.4K
Shares
रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरी १७ को हत्या

३० साउन, वागादोगु (बुर्किनाफासो) । बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ । आइतबार साँझ सो घटना भएको थियो ।

उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ । बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो ।

आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो । तर आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन ।

सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । आक्रमणमा संलग्नको पहिचान पनि नखुलेको बताइएको छ ।

सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी ३० जनाको ज्यान गएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij