२०८३ साउन ९ शनिबार

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

ई आर्थिक    सोमबार, साउन ३० २०७४
3.3K
Shares
खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

३० साउन, काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । ।

झापा मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, सप्तरी, बाँके, धनुषा, बर्दिया, सिन्धुली, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुरलगायतका बाढी तथा पहिरोबाट बढी प्रभावित स्थानमा स्थानीय पाँच हजार रेडक्रशका स्वयंसेवक तल्लिन रहेका सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो ।

सोसाइटीका अनुसार हालसम्म ती जिल्लामा ६६ जनाको मृत्यु, ५० जना हराइरहेका, ४४ घाइते भएका, दुई हजारभन्दा बढी परिवार विस्थापित र १९ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । उहाँले आपत्कालीन अवस्थामा आफ्नो जीवन रक्षा गर्न, आफू सुरक्षित भई बस्ने स्थानको प्रबन्ध मिलाउन, पिउने पानी र स्वास्थ्यको ख्याल गर्न, बृद्ध तथा बालबालिकाको संरक्षणमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

बाढी पहिरोबाट हालसम्म ३० जिल्ला बढी प्रभावित रहेका र ती मध्ये १७ जिल्ला बढी प्रभावित बनेका छन् । बढी प्रभावित र प्रभावित जिल्लामा अस्थायी बसोबास गर्न तारपोलियन, तयारी, खाना, पानी शुद्धीकरणका औषधि, प्राथमिक उपचारलगायतका अत्यावश्यक राहत वितरण कार्य भइरहेको सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले सोसाइटीले केन्द्रमा आपत्कालीन आपरेशन केन्द्रलाई सक्रिय बनाइएको र जिल्लास्थित आफ्ना शाखालाई उच्च प्राथमिकताका साथ बाढी पहिरोपीडित खोज, उद्धार र राहत वितरणमा जुट्न निर्देशन दिइएको बताउनुभयो ।

त्यसैगरी सोसाइटीले विपद्को पूर्व तयारीमा सचेत रहन स्थानीय समुदायलाई आह्वान गर्दै जिल्लास्थित विपद् व्यवस्थापन समितिसित समन्वय गरी आफ्ना आपत्कालीन टोलीलाई थप सक्रियसमेत बनाएको छ ।

सोसाइटीले बाढी पहिरो प्रभावितका खोज उद्धारमा प्रतिकूल मौसम हुँदाहुँदै पनि आफ्ना स्वयंसेवक जुटिरहेका जनाएको छ । साथै आफ्ना क्षेत्रीय गोदाम, जिल्लाका गोदाममा रहेका गैरखाद्य सामग्री बाढीपीडितलाई वितरण भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij