२०८३ साउन ९ शनिबार

इजिप्टमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ४१ पुग्यो, १५९ घाइते

ई आर्थिक    शनिबार, साउन २८ २०७४
6.3K
Shares
इजिप्टमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ४१ पुग्यो, १५९ घाइते

२८ साउन, अलेक्जेन्ड्रया (इजिप्ट) । इजिप्टमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या शनिबार ४१ पुगेको छ ।

शुक्रबार राति दुई रेल एकआपसमा जुधेर भएको दुखद घटनामा ४१ जनाको मृत्यु भएको, १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको र १५९ जना घाइते भएका शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा पु¥याइएका ४८ जना उपचारपश्चात घर फर्किसकेका विज्ञप्तिमा बताइएको छ ।

इजिप्टको ब्यस्त मानिने अलेक्जेन्ड्रिया–कायरो रेलमार्गमा भएको दुर्घटनापछि सुरक्षा अधिकारीहरूले रेलमार्गलाई पूर्णतया रोकेर उद्दारको काम अघि बढाइरहेका छन् ।

काएरोबाट अलेक्जेन्ड्रिया तर्फ हिँडेको एक रेल पोर्टसेडबाट आएको रेलसँग ठक्कर खाँदा भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ ।

दुई रेलमध्ये एउटाको इन्जिनले काम नगरेपछि लिकमा रोकिएका बेला अर्को रेल आई ठक्कर दिँदा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अलसीसीले दुर्घटनाप्रति दुखः व्यक्त गर्दै मृतकका आफन्तलाई समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घटनाको छानविन गर्दै यसका दोषीलाई कानूनी दायरामा ल्याउनसमेत भन्नुभएको छ । -एएफ्पी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij