२६ साउन, काठमाडौं । प्रभु बैंकले हज यात्रुुहरुलाई डलर तथा साउदी रियालको सटही सुबिधा उपलब्ध गराएको छ ।
बैंकले मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि जाने एक हजार दुई सय ५० जना नेपाली हजयात्रीहरुलाई सो सुविधा दिने भएको हो । प्रति हजयात्री १७ सय अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराउन थालिएको बैंकले जनाएको छ।
उक्त सटही सुविधा श्रावण २५ गते देखि १० दिनसम्म काठमाण्डौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
बैंकले उपलब्ध गराएको डलर तथा साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ ।