२०८३ साउन ९ शनिबार

स्थानीय क्षेत्रमा उत्पादित चिया प्रशोधन गर्न इलाममा चिया कारखानाको निर्माण

ई आर्थिक    बुधबार, साउन २५ २०७४
8.4K
Shares
स्थानीय क्षेत्रमा उत्पादित चिया प्रशोधन गर्न इलाममा चिया कारखानाको निर्माण

२५ साउन, इलाम । फाकफोकथुम गाउँपालिकाका–१ मा चिया कारखाना निर्माण भइरहेको छ ।

उन्नति समावेशी परियोजनाको सहयोगमा रू. छ करोडको लागतमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण गरिरहेको छ । आउँदो असोज महीनादेखि कारखानाबाट हरियो पत्ति प्रशोधन गर्ने लक्ष्य रहेको प्रबन्धक लोचन खत्रीले जानकारी दिए ।

सो कारखानाबाट दैनिक ५ सय किलो शुद्ध अग्र्यानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ । कारखानामा सय जना कामदार रहने कम्पनीले बताएको छ । कारखाना निर्माणले बगानमा उत्पादन भएको चिया नजिकै बिक्री हुने भन्दै किसान हर्षित भएका छन् । विसं २०४८ देखि सो क्षेत्रमा विभिन्न स्थानबाट बिरुवा संकलन गरी चियाखेती शुरुवात गरेका थिए ।

फाकफोकमा तक्दा, बेनेकबोन, गुप्ती, चाइनिज चियाका बिरुवा लगाइएको छ । सो बगानले कञ्चनजंघा टिस्टेट प्रालि पाँचथरलाई हरियो चियापत्ती बिक्री गर्दै आएको थियो । आगामी दिनमा यस बगानबाट उत्पादित चियालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी अग्र्यानिक परीक्षणपछि जर्मनी, अमेरिका, जापानलगायत मुलुकमा बिक्रीका लागि पहल गरिने उनको भनाइ छ ।

एक हजार २ सय रोपनी क्षेत्रफलमा रहेको चिया बगानको केही ओसिलो ठाउँमा अलैँचीसमेत लगाइएको छ । सडक वरिपरि सल्लो तथा बगानको छेउमा अर्गेली लगाइएको छ । सीमावर्ती पाँचथरको फाल्गुनन्द–४ कृषक चन्द्रकुमार नेम्वाङले निजी लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया लगाएका छन् । उनले यहाँबाट अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् ।

यसअघि ग्रामीण क्षेत्रमा कारखाना नहुँदा किसानले हरियो पत्ती उत्पादनमा घाटा व्यहोर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij