२५ साउन, काठमाडौं । स्थानीय निकायमा खटिन कर्मचारीहरु मानसिक रुपले तयार नभएपछि गाउँपालिका र नगरका नियमित काम प्रारम्भ हुन अझै समय लाग्ने देखिएको छ ।
सरकारले स्थानीय तहमा प्रकासनिक, प्राविधिक र शिक्षा सेवाका गरी तीन थरी कर्मचारी खटाउने योजना बनाएको छ ।
देशभरीका ७४४ स्थानीय तहमा आवश्यक पर्ने कुल अठार हजार कर्मचारी खटाउन सरकारले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।, यो समाचार आजको घट्ना र विचार साप्ताहिकमा छ ।