२५ साउन, काठमाडौं । कुनै सामान किन्दा विल लिने गर्नुभएको छ ? विल माग्दा पनि ब्यापारीले नदिएको वा मुलइ अभिबृद्धिकर भ्याट का नाममा थप रकम मागेको अनुभव धेरैको छ ।
तर सबैलाइ थाहा नहुनु सक्छ, यको जड हो सामान आयात गर्दा भनरमा उक्त बस्तुको वास्तविक मूल्य भन्दा कम भाउ देखाएर सामान छुटाउनु अथा न्युनबीजकीकरण ।
भन्सार कार्यलय वीरगन्जमा न्युनबीजकीकरणका सामान रोक्न खोज्दा तत्कालिन भन्सार प्रमुख केवल भण्डारीमाथि हातपातै भएको थियो ।
हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख रहेको भण्डारीका अनुसार यसले मुलुकको अर्थतन्त्र र ब्यापारको प्रणालीमै ठुलो क्षति पुर्याएको छ ।, आजको कान्तिपुर दैनिक बाट