२४ साउन, काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरले ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने अनुमति मागेको थियो ।
बैंकले सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार प्रिमियम मूल्य बिना नै एफपिओ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता मूल्य १ सय रुपैयाँमा बिक्री गर्ने भएको छ ।
बैंकले शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिएर ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।
बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैङ्ककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । बैंकको अवस्था कमोजर भएपछि विना प्रिमियम आइपिओकै दरमा एफपिओ जारी गर्न लागेको हो । यसअघि एफपिओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गरेका थिए ।