२०८३ साउन ९ शनिबार

धौलागिरी सेवा समाजको साधारणसभा सम्पन्न, पूर्वमूख्य सचिव मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन

ई आर्थिक    आइतबार, साउन २२ २०७४
7.7K
Shares
धौलागिरी सेवा समाजको साधारणसभा सम्पन्न, पूर्वमूख्य सचिव मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन

साउन २२ काठमाडौं । धौलागिरी सेवा समाजको साधारणसभा सम्पन्न भयो । अन्नपूर्ण चोक, ढुङ्गेधारा, रिङ्गरोडमा रहेको माउन्ट धौलागिरी कम्प्लेक्सको सभा हलमा सभा सम्पन्न भएको थियो । समाजको कार्यालय समेत सोही कम्प्लेक्समा रहेको छ ।

समाजको सो सभाले निर्बिरोध रुपमा कार्यकारी समिति चयन गर्दै बिधान संसोधन समेत गरेको छ । संसोधित बिधान अनुसार चारै जिल्लाभर जिल्ला समिति बिस्तार गरिने निर्णय पनि गरिएको छ । त्यसैगरी सभाले धौलागिरी महिला समिति लगायत अन्य समिति उपसमितिहरु समेत गठन गरी परिचालन गर्ने निर्णय पनि गरेको छ ।

सभाले पूर्वमूख्य सचिव मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति तथा १३ सदस्यीय सल्लाहकार समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा नारायण शर्मा आचार्य (बाग्लुङ), दिनानाथ पौडेल (म्याग्दी) र भक्तराज भुसाल (पर्बत) लाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै सभाले महासचिवमा गोविन्दप्रसाद शर्मा, सचिव तथा प्रवक्तामा कृष्णप्रसाद शर्मा (बाग्लुङ), कोषाध्यक्षमा रामजी रिजाल (पर्वत ) सहकोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य (बाग्लुङ) लाई चयन गरेको छ ।

Dhoulagiri Samaj1

त्यसैगरी कार्यकारी सदस्यहरु डिलाराम सुवेदी, पदमनाथ सापकोटा, शोभादेवी सापकोटा, बद्रीनाथ गौतम, बिक्रम पाण्डे, ईश्वरी शर्मा ढकाल, गणेश के.सी., सरोजकुमार श्रेष्ठ, एकनारायण उपाध्याय, शिवनारायण श्रेष्ठ, छकप्रसाद शेरचन, सरस्वतीकुमारी शर्मा, दीपेन्द्र पौडेल, बद्री सापकोटा , कुसुम मल्ल, बलभद्र ढकाल रहनुभएको छ ।

सो समाजमा १३ सदस्यीय सल्लाहकार समिति पनि रहेको छ । सो समितिमा ऋषिकेश तिवारी, प्रा. डा. चन्द्रराज सापकोटा, चन्द्रप्रसाद ढकाल, योगेश्वर ढकाल, तिलकबहादुर कँुवर, बिष्णुनाथ शर्मा, डा. रबि मल्ल, डा. रामबहादुर के. सी., डा. ज्ञानेन्द्रप्रसाद पौडेल, केदारनाथ शर्मा, मदन थापा, देवदत्त गौतम र सावित्री शेरचन रहनुएभको छ ।

धौलागिरी सेवा समाज धौलागिरी क्षेत्रबाट काठमाडौं आएर वसोवास गर्ने विभिन्न पेशा, सेवा तथा व्यवसायमा संलग्न सम्पूर्ण धौलागिरी छाता संस्था हो । यस समाजले धौलागिरी क्षेत्रका बाग्लुङ, पर्वत, म्यादी, मुस्ताङबाट काठमाडौं आई स्थायी, अस्थायी रूपमा बस्नुहुने चारवटै जिल्लाहरुलाई समेट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij