२०८३ साउन ९ शनिबार

काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
3.6K
Shares
काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो

१९ साउन, नुवाकोट । काठमाडौँ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पु¥याएको अवरोध खुलेको छ ।

फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पु¥याएकोमा आगामी आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिनुभयो ।

फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आजदेखि फोहर व्यवस्थापन गर्न सहज भएकोे हो ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग नुवाकोट ककनी गाउँपालिक वडा नं १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाको वडा नं १ र ३ गरी पाँच वडाका वडाध्यक्षले भेटेर फोहर व्यवस्थापनमा गम्भीर बन्न गरेको आग्रहमा शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

महानगरपालिकाका प्रमुख शाक्यसँग भएको छलफल तथा जनाएको प्रतिबद्धता वडाध्यक्षले स्थानीयवासीलाई जानकारीसहित आज सम्बोधन गरेर आइतबारसम्मका लागि फोहर फाल्ने दिने बताएका छन् ।

फोहर व्यवस्थापन गर्न प्रमुख शाक्यले प्रतिबद्धता जनाएको र आइतबार प्रभावित क्षेत्रमै अवलोकन गर्न आउने बताएपछि तत्कालकाका लागि अवरोध खुलाएको ककनी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिनुभयो ।

स्थानीयवासीले अवरोध नगर्ने जनाएपछि काठमाडौँबाट फोहर बोकेका गाडी ओखरपौवामा आउन थालेका छन् ।

ओखरपौवाको सिसडोलमा फालिँदै आएको उपत्यकाको फोहर विसर्जनपश्चात् माटोले पुर्नुपर्ने र कीटनाशक औषधि छर्कनुपर्ने माग राखेर बुधबार दिनभर फोहर विसर्जनमा अवरोध गरेका थिए । तत्कालका लागि फोहर व्यवस्थापनको माग राखे पनि अहिले फोहर फाल्दै आएको स्थान सिसडोलको विकल्पमा प्रस्ताव गरिएको बञ्चरेडाँडामा डम्पिङ क्षेत्र सञ्चालन गर्न महानगरपालिकाको प्रमुखसमक्ष वडाध्यक्षले माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij