२०८३ साउन ९ शनिबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा वाग्ले नियुक्त

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
4.8K
Shares
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा वाग्ले नियुक्त

१९ साउन, काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।

केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा हुनुभएको छ ।

बढुवा हुुनुभएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई हुनुहुन्छ ।

बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij