२०८३ साउन ९ शनिबार

भारतको गुजरातमा जल-प्रलय : बाढीले २१८ जनाको मृत्यु, साढे चार लाख बढी प्रभावित

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
5.3K
Shares
भारतको गुजरातमा जल-प्रलय : बाढीले २१८ जनाको मृत्यु, साढे चार लाख बढी प्रभावित

१७ साउन, गुजरात । भारतको गुराजतमा बाढीका कारण दुई सय १८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

पछिल्लो दुई दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको राज्य सरकारले जनाएको छ । बाढी कम हुँदै जाँदा पछिल्लो दुई दिनमा मात्रै एक सय भन्दा बढीको शव भेटिएको छ ।

gujrat1

भारतको पश्चिमी राज्य गुरातमा लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएको सरकारी तथ्यांक छ । यस्तै बाढीका कारण आसाम पनि प्रभावित भएको छ । त्यहाँ पनि केहीको ज्यान गएको छ भने हजारौं मानिस विस्थापित भएका छन् ।

केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रका लागि राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आसामको भ्रमण गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij