२०८३ साउन ९ शनिबार

बस दुर्घटना हुँदा ३२ जना घाइते

ई आर्थिक    शनिबार, साउन १४ २०७४
6.1K
Shares
बस दुर्घटना हुँदा ३२ जना घाइते

१४ साउन, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij