२०८३ साउन ९ शनिबार

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै, वार्षिक तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
7.3K
Shares
बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै, वार्षिक तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

१२ साउन, कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो ।

जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ ।

दुई लाख ९० हजार ३०२ गाई–भैँसीबाट ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको साहले बताउनुभयो । जिल्लामा २०२ गाई फार्म र २७ भैँसी फार्म रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij