२०८३ साउन ११ सोमबार

सानिमा बैंकको नाफा एक अर्ब ३० करोड रुपैयाँ

ई आर्थिक    बुधबार, साउन ११ २०७४
3.8K
Shares
सानिमा बैंकको नाफा एक अर्ब ३० करोड रुपैयाँ

११ साउन, काठमाडौं । सानिमा बैंकले ९९ करोड ६० लाख रुपैयाँको मुनाफालाई बर्ष दिनमा एक अर्ब ३० करोड पुर्याएको छ।

बैंकको खुद ब्याज आम्दानी दुर्इ अर्ब ४२ करोड रुपैयाँ गरेको छ। बैंकले गत आर्थिक बर्षमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक बर्षमा ६ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ। अघिल्लो बर्षमा बैंकको चक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ थियो। बैंकको जगेडा कोषमा दुर्इ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ।

सानिमा बैंकको पूँजी कोष अनुपात १५.५५ प्रतिशत पुगेको छ भने बैंकको खराब कर्जा ०.०१ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij