२०८३ साउन १२ मंगलबार

कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद खुल्यो, यि ठाउँहरुबाट दिनुस् आवेदन

ई आर्थिक    सोमबार, साउन ९ २०७४
4.6K
Shares
कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद खुल्यो, यि ठाउँहरुबाट दिनुस् आवेदन

९ साउन, काठमाडौं । कन्काई विकास बैंकलले हाल कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको छ ।

बैंकले एक बराबर दुई दशमलव १४ कित्ताका दरले ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद शेयर सोमबार (आज)देखि निष्काशन गरेको हो ।

असार १८ गतेसम्म कायम शेयरधनीले मात्र भदौ ११ गतेसम्ममा आवेदन दिन सकिनेछ । बैंकले हकप्रद बिक्रीकालागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकको हकप्रदमा क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक कार्यालयहरु झापाको दमक, काँकडभित्ता, विर्तामोड, झिलझिले, गौरादह र राजगढ तथा मोरङको पथरी, खोर्साने र विराटनगरमा एवं इलाम जिल्लाको राँके, मंगलबारे, विल्याँटे शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिद्धार्थ बैंकका सबै शाखाहरुबाट समेत हकप्रदमा अावेदन दिन सकिन्छ ।

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij