२०८३ साउन ९ शनिबार

बी एन्ड सी हस्पिटलको अर्को सफल शल्यकृया : मोटरसाइकल दुर्घटनामा छिनेको खुट्टा यसरी जोडियो

ई आर्थिक    शनिबार, साउन ७ २०७४
5K
Shares
बी एन्ड सी हस्पिटलको अर्को सफल शल्यकृया : मोटरसाइकल दुर्घटनामा छिनेको खुट्टा यसरी जोडियो

७ साउन, झापा । पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ ।

कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर छ । उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’

उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीका अनुसार विष्टको अवस्था डरलाग्दो थियो। ‘खुट्टाको मासु क्षतविक्षत भइसकेको थियो,’ उनले भने, ‘हामीले बिरामीलाई तुरुन्तै अप्रेसन रुममा लग्यौं, अप्रेसन नगर्दा रगत धेरै बगेर ज्यानै जानसक्थ्यो।’

डाक्टरका अनुसार विष्टको खुट्टाको रगतको नशा नै सुचारु थिएन। रगतका सबै नशा सिलाइएको र रडले हड्डी मिलाइएको थियो। ‘तर, चोट यति  गहिरो थियो कि त्यसपछि त्यहाँको मासु मरेर कुहिन थाल्यो,’ छिनेको खुट्टाको तस्वीर देखाउँदै डा. पराजुलीले भने, ‘मासु सफा गर्दैजाँदा हड्डी पनि काट्नुपर्‍यो।’

विष्टको देब्रे पातोको मासु निकालेर खाली ठाउँ पुरेको उनले बताए। त्यहाँ छाला पनि लगेर छोपियो। लामो प्रयासपछि आफूले सफलता पाएकोले खुसी लागेको डा. पराजुलीले बताए। डाक्टर पराजुलीका अनुसार खुट्टा पहिलेकै अवस्थामा नफर्किए पनि विष्ट खुट्टा टेकेर हिँड्न सक्ने हुनेछन्।आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij