२०८३ साउन ९ शनिबार

राजधानीका खाल्डा पुर्न प्रधानमन्त्रीले दिएको निर्देशनले काम गरेन, ६ दिनको प्रगति लगभग शून्य

ई आर्थिक    शनिबार, साउन ७ २०७४
6.5K
Shares
राजधानीका खाल्डा पुर्न प्रधानमन्त्रीले दिएको निर्देशनले काम गरेन, ६ दिनको प्रगति लगभग शून्य

७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो। निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ। बितेका ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएको देखिँदैन। समस्या ज्युका त्युँ छ।

जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ।

खाल्डा पुर्ने जिम्मेवारी पाएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न। एक–दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ। जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ। कतैकतै खाल्डा पुर्न माटो मात्रै राखिएको छ, जसले सडक झन् हिलाम्य बनाउने र सवारी फस्ने समस्या थपिएको ट्राफिक प्रहरी बताउँछन्।

प्रहरीका अनुसार उपत्यकाभित्र सबैभन्दा ठूला खाल्डा गौशाला–चाबहिल खडकखण्डमा छन्। यो सडकमा परेका खाल्डाखुल्डी छिचोलेर गाडी चलाउँदा चालक पनि थकित छन्। ‘प्रधानमन्त्रीले निर्देशन दिएको थाहा त पाएका थियौं तर त्यसको प्रभाव अझै सडकमा देखिएको छैन’,चाबहिल चोकमा खटिएका ट्राफिक प्रहरी प्रहरी हबल्दार मनोजकुमार चौधरीले शुक्रबार नागरिकसँग भने, ‘गौशाला–चाबहिल सडकमा सवारी चलाउँदा चालकले पनि सास्ती खेप्नुपरेको छ, यात्रुको पीडा पनि उस्तै छ तर सरकारले सडक मर्मतमा खासै ध्यान दिएको देखिएन।’आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij