२०८३ साउन ९ शनिबार

पौडेलको मृत्यु प्रकरणः थप अनुसन्धानका लागि बाग्लुङ पठाइयो

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
2.8K
Shares
पौडेलको मृत्यु प्रकरणः थप अनुसन्धानका लागि बाग्लुङ पठाइयो

६ साउन, फलेवास(पर्वत)। स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन । गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो ।

पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका कागजात पर्वत जल्ला प्रहरीमा प्राप्त भइ अनुसन्धान गरिरहे पनि सत्य –तथ्य व्यहोरा थाहा हुन नसेकेकाले बागलुङ नै पठाइएको बताइएको छ ।

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र दुईजना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए । पर्वत प्रहरीले सङ्कस्पद तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहे पनि पनि कुनै तथ्य फेला पार्न सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij