२०८३ साउन ९ शनिबार

कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
6K
Shares
कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

६ साउन, मेलम्ची । बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०६९ असोज २० मा बहुविवाह गरी फरार रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर स्थायी घर भएका २९ वर्षीय इन्द्रबहादुर रावललाई इलाका प्रहरी कार्यालय, मेलम्चीले आज बिहान पक्राउ गरेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

अभियुक्त रावललाई २०६९ चैत २० गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट बहुविवाह गरेको अभियोगमा दुई वर्ष कैद र १६ हजार जरिवाना फैसला भएको थियो ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दा दर्ता भई फरार भएका ज्यामिरे–९ मेलम्ची घर भएका २१ वर्षीय किशोर तामाङलाई इलाका प्रहरी कार्यालय, मेलम्चीको विशेष टोलीले बिहीबार राति घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

विसं २०७१ पुस १५ गते मेलम्ची नगरपालिका–९ ज्यामिरेका फुर्पा तामाङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई तामाङ फरार भएका थिए ।

प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार पक्राउ परेका दुईमध्ये बहुविबाहको मुद्धा जिल्ला अदालतबाट फैसला भएकाले बहुबिबाह मुद्धाका अभियुक्त रावललाई जिल्ला अदालत बुझाइने र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएका तामाङलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

पछिल्लो समय मेलम्ची क्षेत्रमा प्रहरीको सक्रियतासँगै विभिन्न विषयमा मुद्धा दर्ता भएका र जिल्ला अदालतबाट मुद्धा फैसला सुनाएका फरार अभियुक्तलाई प्रहरीले व्यापक खोजीसँगै पक्राउ गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij