एजेन्सी । पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनले हालै दिएको एक अन्तर्वाताले निकै चर्चा पाएको छ । सानीले उक्त अन्तर्वातामा आफु चाडै नै आमा बन्ने खुलासा गरेकी छिन् ।
आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धेरैथोक भएको अपूरो कुरा गरेकी छिन् ।
‘कसले भन्न सक्छ कि यो हुन सक्दैन, म केही दिनमा आफ्नो हातमा एउटा बच्चा लिएर आऊँ अनि मान्छेहरू त्यो बच्चा कहाँबाट आयो भनेर चकित परून्,’ सनीले भनेकी छिन्, ‘यो असम्भव पनि छैन । हुन नसक्ने कुरा पनि होइन ।’
सनीको यस्तो अभिव्यक्तिबाट भारतीय मिडियाले ठोकुवा गरेका छन् कि उनी सेरोगेसी (भाडाको कोख)को मद्दतबाट आमा बन्दै छिन् ।
बलिउडमा पछिल्लो समय सेरोगेसीको प्रचलन बढेको छ । आमिर खान, शाहरुख खान, करण जौहर, सोहेल खान, तुषार कपुरलगायतका केही सेलेब्रिटी यही प्रक्रियाबाट बाबु बनेका छन् ।
एकातिर आफ्नै कोखबाट आमा बन्न मन लागेको र अर्काेतिर सेरोगेसीमा पनि मन गएको दोधारे कुरा सनीले गरेकी छिन् । शारीरिक कमजोरीका कारण सनीले सेरोगेसी अपनाउन लागेको पनि खबर चलेको छ ।