२०८३ साउन ९ शनिबार

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

ई आर्थिक    बुधबार, साउन ४ २०७४
3.3K
Shares
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

४ साउन, काठमाडौं । महालेखा नियन्त्रणको कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेको छ।

सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगलाई निर्देशन दिएको छ।

महालेखाका कर्मचारीहरू २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए।

कर्मचारीको विदेश भ्रमण र स्फ्टवेयर विकासमा लाखौ रकम खर्चेर ल्याइएको सफ्टवेयर ८ महिनामै बिग्रिएपछि नेपाली नियोगलाई राजश्वसम्बन्धी हिसाब राख्न अहिले अफ्ठेरो परेको छ। केही नियोगहरूले अनलाइन इन्ट्री गरिसकेकोले बिल सुरक्षित नराख्दा पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो।आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij