२०८३ साउन ९ शनिबार

किन रोक्यो प्राधिकरणले आधा दर्जन पाइलटको लाइसेन्स नवीकरण ?

ई आर्थिक    मंगलबार, साउन ३ २०७४
5.7K
Shares
किन रोक्यो प्राधिकरणले आधा दर्जन पाइलटको लाइसेन्स नवीकरण ?

३ साउन, काठमाडौं । विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ ।

‘हामीले आवश्यक सम्पूर्ण कागजपत्रसहित लाइसेन्स नवीकरण र रेटिङ थप्न निवेदन दिएको ३ महिना भइसक्यो, तर प्राधिकरणले विभिन्न बहानामा झुलाउने गरेको छ,’ एक पीडित पाइलटले भने,‘यसबारे जानकारी लिन जाँदा सम्बद्ध अधिकारीहरू बिस्तारै काम हुन्छ मात्र भन्छन्।’

प्राधिकरणले निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सका सात जना पाइलटको लाइसेन्स नविकरण नगरेको र रेटिङ पनि नथपेको हो। मुलुककै सबैभन्दा ठूलो हेलिकप्टर सेवा प्रदायक श्री एयरलाइन्सले तीन थान फिक्स विङ जहाज ल्याएर नियमित यात्रुबाहक उडान गर्न ती पाइलट नियुक्त गरेको हो। उनीहरू सबै बिभिन्न बायुसेवा कम्पनी छाडेर श्रीमा आएका हुन्।

लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम लिएपछि दिइने रेटिङ पनि नथपी प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको सम्बद्ध पाइलटहरुले दु:खेसो पोखेका छन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij