२ साउन, काठमाडौं । राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई बर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ । तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन ।
पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।
‘भूकम्पले ध्वस्त भएका राणाकालीन दरबारहरु वर्षातमा जोगाउन होइन, भत्काउने नियतले काम भइरहेका छन् ।’ पुरातत्वविद भीम नेपाल भन्छन्, ‘सरकार दरबारहरु जोगाउन होइन बिगार्न सक्रिय देखिएको छ । हामीले पटक–पटक भन्यौं नेपालका सानका रुपमा रहेका यस्ता सम्पदाहरुलाई जोगाउनु पर्छ भनेर तर, सरकारको एउटा गिरोह राणाकालीन धरोहर पुराना दरबार भत्काएर नयाँ संरचना बनाउन खोजिरहेको छ ।’ आजको नेपाल समचारपत्रमा खबर छ ।