२०८३ साउन १२ मंगलबार

अब १० लाख भन्दा बढीको कारोबार चेकबाट मात्रै, यस्तो आयो नियम

ई आर्थिक    आइतबार, साउन १ २०७४
6.1K
Shares
अब १० लाख भन्दा बढीको कारोबार चेकबाट मात्रै, यस्तो आयो नियम

१ साउन, काठमाडौँ । साउन १ गते (आज)बाट १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार चेकबाट मात्रै गर्नुपर्ने भएको छ।

चालु आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिमार्फत आजदेखि १० लाख वा सोभन्दा बढीको रकम भुक्तानी नगदमा गर्न नपाइने व्यवस्था लागू गरिएको छ। यसअघि यो सीमा ३० लाख रुपैयाँको थियो।

यो बाध्यकारी नियम विपरित नगदमा कारोबार गरेमा कुनै पनि बेला समस्यामा पर्न सक्छ । १० लाख भन्दा माथिको कारोबार नगदमा गरेको अवस्थामा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार कारबाही हन्छ । यति मात्र नभई उक्त रकम जफत समेत हुने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वायनमा आएको यो व्यवस्थाले अब सबैले प्रत्येक कारोबारमा चनाखो हुनु पर्ने भएको हो । उल्लेखित आकारमा नगद कारोबार भएको खण्डमा सम्पत्ति सुद्धिकरण विभागले तत्काल अनुसन्धान सुरु गर्नेछ ।

विभागका अनुसार कारोबार गरेको भेटिएमा उक्त रकम जफत गरी बिगो बराबरको जरिवाना हुनेछ । त्यस्तै विभागले कुनै सम्पत्ति खरिदबिक्री, ऋण तथा सापटीजस्ता काम गर्दा १० लाख रुपैयाँभन्दा बढी भएमा बैंकिङ प्रणाली नै अपनाउन सबैलाई आग्रह गरेको हो ।

त्यसैगरी हालसम्म रु १० लाखभन्दा माथिको कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्था रहेकोमा अब प्रत्येक कर्जाको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ। जसमा रु १० लाखभन्दा कम कर्जाको सूचना निःशुल्क रुपमा लिनु दिनुपर्ने व्यवस्थासमेत मिलाइने नीतिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij