२०८३ साउन ९ शनिबार

अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

ई आर्थिक    शनिबार, असार ३१ २०७४
3.9K
Shares
अफगानिस्तानमा ७७ जना विद्रोही मारिए
शनिबार, ३१ असार २०७४, काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएका छन् ।

देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

“मृतक मध्ये १७ जना इस्लामिक स्टेट ९आइएस० लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ ।

नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाइ छ ।

उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij