२०८३ साउन ११ सोमबार

लुम्बिनी बिकास बैंकको ५०औं शाखा तनहुँको चन्द्रावतीमा

ई आर्थिक    बिहिबार, असार २९ २०७४
4.9K
Shares
लुम्बिनी बिकास बैंकको ५०औं शाखा तनहुँको चन्द्रावतीमा

२९ असार, काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिका, वडा नं. १३ चन्द्रावतीमा आफ्नो ५०औं शाखा कार्यालय स्थापना गरेको छ । “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” नाराकासाथ बैंकले आफ्नो बैंकिङ सेवाकोलागी नयाँ साखा सो क्षेत्रमा खोलेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गर्नुभयो । कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीले गर्नुभयो भने स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले गर्नुभयो ।

स–साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै अन्य सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको बैंकले बताएको छ । हाल बैंकको कुल ५० वटा शाखा सञ्जालहरु रहेका छन् भने १२ वटा एटीएमबाट बैंकले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij