२०८३ साउन ९ शनिबार

यी हुन् कुर्सीका कारण चर्चामा आएका मयेर

ई आर्थिक    बिहिबार, असार २९ २०७४
4.5K
Shares
यी हुन् कुर्सीका कारण चर्चामा आएका मयेर

२९ असार, कञ्चनपुर । कञ्चनपुर जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।

‘१० वर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ वर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले मंगलबार सञ्चारकर्मीमाझ भने, ‘म सामान्य जनताको छोरो उनीहरू सरह नै बस्न चाहान्छु ।’ आफूलाई कुर्सी मोहभन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए । अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij