२०८३ साउन ११ सोमबार

विराटनगर महानगरपालिकामा कांग्रेसको सानदार जित : मेयर बने भीम, उपमेयरमा इन्दिरा

ई आर्थिक    आइतबार, असार २५ २०७४
5.5K
Shares
विराटनगर महानगरपालिकामा कांग्रेसको सानदार जित : मेयर बने भीम, उपमेयरमा इन्दिरा

२५ असार, काठमाडौं । बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सानदार जित हांसिल गरेको छ। शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन् । पराजुलीले २३ हजार ३१ मत प्राप्त गर्दै मेयरमा विजयी भए । उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाल भन्दा पाँच हजार बढी मतले विजयी भए । ढकालले १७ हजार ३२१ मत पाउँदै पराजित भए । मेयरका अर्का उम्मेदवार संघीय समाजवादी फोरम र माओवादीका उमेश यादव तेस्रो स्थानमा रहे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसकी इन्दिरा कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी नमिता न्यौपानेभन्दा साढे ८ हजार बढी मतले विजयी भइन् । उनले २० हजार १८६ मत पाइन् भने माओवादी केन्द्रकी उम्मेदवार न्यौपानेले ११ हजार ५४४ मत प्राप्त गरिन् ।

यो संगै महानगरपालिकामा कांग्रेस दई र एमाले दुई ठाउँमा विजयी भएका छन् । ललितपुर र बिराटनगरमा कांग्रेस र काठमाडौं र पोखरामा एमाले विजयी भएको छ ।

भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को कान्छो नगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij