२०८३ साउन ९ शनिबार

सिफारिसबिना कवाडी सामान आयातनिर्यातको स्वीकृति नदिन आग्रह

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
9.1K
Shares
सिफारिसबिना कवाडी सामान आयातनिर्यातको स्वीकृति नदिन आग्रह

२३ असार, काठमाडौं । नेपाल कवाडी सङ्घले वाणिज्य विभागको अनुमति र सङ्घको सिफारिसबिना कवाडी सामान आयातनिर्यातको स्वीकृति नदिनका लागि सरकारसँग आग्रह गरेको छ ।

सङ्घका संस्थापक अध्यक्ष पञ्च तामाङ लामाले गृह र अर्थ मन्त्रालयलाई त्यस्तो आशयको अनुरोध गर्दै अनधिकृत रुपमा कवाडी सामानको आयातनिर्यातमा रोक लगाउन आग्रह गरेको हो ।

आफ्ना सदस्यबाट प्राप्त सेवा शुल्क रकमको २५ प्रतिशत राज्य कोषमा दाखिला गर्दै आएको र अवैध ढङ्गले कवाडीको कारोबार गर्नेको पहिचान गरी तिनलाई राजस्वको दायरामा समाहित गर्ने प्रयासमा निरन्तर लागिरेको सङ्घले गृह र अर्थ मन्त्रालयलाई जानकारीपत्र बुझाएको हो ।

झन्डै तीन दशकदेखि कवाडी सामान आयातनिर्यातमा संलग्न सङ्घले संस्थाको सदस्यता नलिई कारोबार नगर्न र राजस्व छलीमा नलाग्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij