२०८३ साउन ९ शनिबार

चर्को शुल्क उठाउने निजी विद्यालयविरुद्ध क्रान्तिकारीद्वारा कडा आन्दोलनको चेतावनी

ई आर्थिक    बुधबार, असार २१ २०७४
4.5K
Shares
चर्को शुल्क उठाउने निजी विद्यालयविरुद्ध क्रान्तिकारीद्वारा कडा आन्दोलनको चेतावनी

२१ असार, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ ।

गत जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो ।

सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौँ, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने जनाएको छ ।

सङ्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij