२०८३ साउन ९ शनिबार

विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

ई आर्थिक    बुधबार, असार २१ २०७४
3.5K
Shares
विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

२१ असार, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शर्माले यही असार १३ गतेदेखि आएको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र चट्याङबाट मुलुकभर हालसम्म १५ जनाको मृत्यु, सात बेपत्ता र पाँच घाइते भएको बताउनुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो, “उद्धार र राहतसँगै मृतकका परिवारलाई काजकिरिया खर्च र पीडितलाई खाद्यान्न, गैर खाद्यन्न सामग्री वितरण तथा सुरक्षित बासस्थानमा सार्ने बन्दोबस्त मिलाएका छौँ ।”

उहाँले सरकारले विपद्मा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्नाका साथै जिल्लास्थित दैवीप्रकोप उद्धार समितिसँग आवश्यक समन्वय र परिचालन गरी राहत र उद्धारलाई प्रभावकारी बनाइएको जानकारी दिँदै विपद् व्यवस्थापनलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने सम्बन्धमा मन्त्रालयले आवश्यक नयाँ कानून निर्माण र संशोधनका लागि गृहकार्य गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij