२०८३ साउन ९ शनिबार

बाघ देखेर भागेका ११ वर्षीय बालक तीन दिनपछि यसरी भेटिए

ई आर्थिक    मंगलबार, असार २० २०७४
3.5K
Shares
बाघ देखेर भागेका ११ वर्षीय बालक तीन दिनपछि यसरी भेटिए

२० असार, भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि आज नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ ।

गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जङ्गली च्याउ खोज्न हिँडेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय सुनिल चौधरीलाई आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गणको टोलीले निकुञ्जभित्र फेला पारेको छ ।

सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका चौधरीलाई सेनाले परिवारको जिम्मा लगाएको भवानीबक्स गणले जनाएको छ । तीन जना बालकले शुक्लाफाँटामा च्याउ खोज्दै जाँदा जङ्गलमा बाघ देखेपछि भागेका थिए ।

अन्य दुई जना बालक सोमबार घर फिर्ता भएका थिए । परिवारको आग्रहपछि सेनाले हराएकै दिनदेखि चौधरीको खोजीकार्य थालेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij