२०८३ साउन ९ शनिबार

काठमाडौं आउँदै गरेको बस पोखरेवेसीमा दुर्घटना, ३० जना घाइते

ई आर्थिक    आइतबार, असार १८ २०७४
4K
Shares
काठमाडौं आउँदै गरेको बस पोखरेवेसीमा दुर्घटना, ३० जना घाइते

१८ असार, सिन्धुपाल्चोक । ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।

घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij