१५ असार, काठमाडौं । ‘मुठी रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गते आजको दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइन्छ ।
आजकै दिन बिभिन्न ठाउँहरुमा किसानहरु खेतका गह्रामा रोपाइमा ब्यस्त रहँदा देशको सर्वाधिक चर्चित पर्यटकिय स्थल ठमेलमा भने फरक देखिएको छ । राजधानी स्थित ठमेलमा व्यवसायी गर्नेहरुले सडकमै धान रोपेर रोपाई दिवस मनाएका छन् ।

तपाईलाई लाग्न सक्छ, नेपाल घुम्न आएका पर्यटकलाई मनोरञ्जन र नेपाली संस्कृतिबारे जानकारी दिन यसो गरिएको होला । तर, त्यसो होइन । दुरावस्था कारण व्यवसायमा असर परेको भन्दै त्याहाका व्यवसायीहरुले सडकमा रोपाई गरी ब्याङ्ग्यात्मक रुपमा रोपाई दिवस मनाएका हुन् ।
ठमेलका भित्री सडक हिलाम्य भएर हिंड्नै नसकिने भएको कारण व्यवसायीहरुले आक्रोस पोखेका हुन । बर्षाका कारण ठमेल मात्र नभै राजधानीका अधिकांश सडक यस्तै हिलाम्य हुने गरेको छ । सम्बन्धित निकायको यसप्रति ध्यान गएको देखिन्दैन ।