२०८३ साउन ९ शनिबार

डा.भोला रिजालका छोरा कपिलको ‘मेरो मनमा’ भिडियोको सर्वत्र तारिफ (भिडियो सहित)

ई आर्थिक    आइतबार, असार ११ २०७४
9.1K
Shares
डा.भोला रिजालका छोरा कपिलको ‘मेरो मनमा’ भिडियोको सर्वत्र तारिफ (भिडियो सहित)

११ असार, काठमाडौँ । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिल रिजालको ‘मेरो मनमा’ बोलको गीत भिडियो सार्वजनिक भएसँगै सर्वत्र तारिफ भईरहेको छ ।

कपिल रिजाल पेशाले दन्त चिकित्सक हुन् । लामो समयदेखि बेलायतमा बस्दै आएका डा.कपिल पछिल्लो समय कलाकारिताका विभिन्न पाटामा समेत ब्यस्त बन्दै आइरहेका बेला उनले निर्देशन गरेको ‘मेरो मनमा’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाइरहेका छन् । रिजाल व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता समेत हुन् ।

कपिलले यसअघि चलचित्रमा समेत विभिन्न माध्यमबाट क्रियाशिलता देखाइरहेका बेला उनले निर्देशन गरेको गीतमा गायिका शर्मिला बर्देवा र सपनकुमार राईले स्वर भरेका छन् ।

बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोले किशोरावस्थाको प्रेमी जोडीले देखाउने गहिरो प्रेमाभावलाई नजिकबाट निर्देशक रिजालले देखाएका छन् ।

जसमा अन्जु बस्नेत र टंक धमलाको धमाकेदार रोमान्सलाई देख्न सकिन्छ । मिडियाकर्मी कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियो निकै नै स्तरीय बनेको छ । किरण कँडेलको एरेन्ज रहेको गीतमा संगीतकार शेखर सन्तोषले समधुर संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij