२०८३ साउन ११ सोमबार

विमानस्थल अध्यामगनका अधिकारीले नक्कली राहदानी चिनेनन्, भारतीय दम्पती गन्झाउबाट ‘इन्ट्री रिफ्युज

ई आर्थिक    आइतबार, असार ११ २०७४
4K
Shares
विमानस्थल अध्यामगनका अधिकारीले नक्कली राहदानी चिनेनन्, भारतीय दम्पती गन्झाउबाट ‘इन्ट्री रिफ्युज

शम्भु कट्टेल आइतवार, असार ११, २०७४ । काठमाडौ : त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका कर्मचारीहरुले एक भारतीय दम्पतीको नक्कली (भारतीय) राहदानीमा प्रस्थान अनुमति(डिपार्चर) दिएको पाइएको छ । काठमाडौबाट चीनको गन्झाउ हुँदै शुक्रवार क्यानडा जान लागेका भारतीय दम्पतीलाई विमानस्थलका अध्यागमन अधिकृतले नक्कली भारतीय राहदानीमा प्रस्थान अनुमति दिएका हुन ।गन्झाउ विमानस्थल स्थित अध्यागमनले ती भारतीय दम्पतीलाई भारतीय राहदानी र प्रवेशाज्ञा(भिसा) शंकास्पद भएको भन्दै फिर्ता पठाए पछि विमानस्थल अध्यागमनका अधिकारीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जर्नेल सिंह र उनकी पत्नी हर्जोत कउर रहेका छन् । चीनको गन्झाउ विमानस्थलस्थित अध्यामगनका अधिकारीहरुले ती भारतीय नागरिकले प्रयोग गरेको राहदानी र क्यानडाको प्रवेशाज्ञा(भिसा) नक्कली भएको भन्दै शुक्रवार फर्काइदिएको (इन्ट्री रिफ्युज) थियो । अध्यागमन कार्यालयका अधिकृतले भारतीय दम्पतीको राहदानीलाई मेसिनले ‘रिड’ गरेको दावी गरेका छन । विमानस्थल अध्यामगनका अधिकृतले अन्नपुर्णसँग भन्नुभयो, ‘मेसिनले रिड गरे पछि प्रस्थान अनुमति दिएका थियोै । हाम्रो कुनै संलग्न छैन । प्राविधि समस्या हुन सक्छ ।’

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले गन्झाउबाट फर्काइएका दुइ भारतीयबारे अनुसन्धान शुरु गरेको वताउनु भयो । महानिर्देशक गेलालले अन्नपुर्णसँग भन्नुभयो, ‘नक्कली राहदानीमा डिपार्चर दिने अध्यामगन अधिकृत माथी समेत छानविन गछौ । प्रविधीले साथ नदिएर हो या सेटिङमा प्रस्थान अनुमति दिइएको हो यसबारे समेत विस्तृत अध्ययान थालेका छौ ।’ नक्कली राहदानी बाहक भारतीय दम्पतीलाई प्रस्थान अनुमति दिनु गम्भीर र देशको प्रतिष्ठासँग जोडिएको विषय भएको भन्दै महानिर्देशक गेलालले शनिवार अध्यागमन विभागमा वैठक डाकेका थिए ।

सार्वजनिक बिदाको दिन भए पनि गम्भीर विषय भएको भन्दै महानिर्देशक गेलालले विमानस्थल स्थित अध्यागमन कार्यालय प्रमुख होमनाथ थपलियालाई बोलाएर घटनाबारे सोध्नुभएको थियो। छलफल पछि महानिर्देशक गेलालले विमानस्थल अध्यामगनमा थप कडाइ गर्न निर्देशक दिनुभएको छ । महानिर्देशक गेलालले राहदानी शंकास्पद देखिए पछि नेपाल स्थित भारतीय दुतावाससँग समन्वय नगरेको भन्दै विमानस्थल अध्यामगनका अधिकारीलाई प्रश्न गर्नुभएको थियो ।

महानिर्देशक गेलालले मावन तस्करले काठमाडौ विमानस्थलको सुरक्षा प्रणाली खुकुलो भएको पुष्टी गराउन खोजी रहेकाबेला यस्ता घटना हुनुले मानव तस्करको मनोबल थप बढाउन सक्ने भन्दै विमानस्थल अध्यागमनमा थप कडाइ गर्न दिर्नेशन दिनुभएको थियो । गन्झाउनमा पक्राउ परे पनि भारतीय दम्पती काठमाडौ विमानस्थलबाट सजिलै उम्किएका थिए । सम्बन्धीत एयरलाइन्स कम्पनी र स्वयं अध्यागमन कार्यालय समेतले उनीहरुलाई पक्राउ गर्न सकेनन्।

अध्यागमनका एक अधिकारीका अनुसार, मानव तस्करको समूहले नेपालको विमानस्थलको सुरक्षा खुकुलो भएको र काठमाडौलाई ‘ट्रान्जिट’ बनाएर अन्य मुलुक सजिलै जान सक्ने भनेकाले ती भारतीय दम्पतीले काठमाडौबाट क्यानडा जान रोजेको हुन सक्छन् ।युरोप, अमेरिका, क्यानडा, जापान र दक्षिण कोरिया पठाउन नेपाल, भारत लगायतका मुलुकहरुमा मानव तस्कर सक्रिय रहेका छन् । ती मानव तस्करको सेटिङमा भारतीय दम्पती समेत फसेका छन्। आफु भारतीय नागरिक हुँदाहुँदै भारतकै नक्कली राहदानी किन प्रयोग गरे भन्ने विषयले उनीहरुको यात्रालाई थप शंकास्पद बनाएको छ ।

भारतीय राहदानी र क्यानडाको प्रवेशाज्ञा समेत संकास्पद देखिए पछि उनीहरुलाई गम्झाउबाट फर्काइएको विमानस्थल अध्यमगन स्रोतले वताएको छ । भारतीय नक्कली राहदानीमा विमानस्थलका अध्यागमन अधिकृतले कसरी प्रस्थान अनुमति भन्ने विषय समेत शंकास्पद देखिएको छ । अध्यागमन अधिकृतले सेटिङ वा मानवीय त्रुटीले ती दम्पतीलाइ प्रस्थान अनुमति दिएका हुन भन्ने बारे समेत विभागले छानविन थालेको छ ।

गन्झाउबाट शुक्रबार राती काठमाडौ फर्किएका ती दुइ भारतीयलाई विमानस्थल अध्यामगनले कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा पठाएको थियो । विभागले हिरासतमा राखेर उनीहरुको बयान लिन थालेको छ । नक्कली राहदानीमा प्रस्थान अनुमति कसले र कसरी दियो भन्ने बारे समेत अनुसन्धान हुने अध्यागमन विभागले जनाएको छ ।

भारतबाटै जान छाडेर उनीहरुले किन नेपाल हुँदै क्यानडा जान खोजेका हुन भन्ने समेत शंकास्पद देखिएको छ । भारतमा कुनै आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरुले नक्कली भारतीय राहदानीबाट नेपाल हुँदै क्यानडा जान खोजेको हुन सक्ने एक अध्यागमन अधिकृतले बताएका छन्। अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij