२०८३ साउन १० आइतबार

यसबर्ष ३५ लाख पर्यटक आउने म्यानमारको अनुमान

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
5.3K
Shares
यसबर्ष ३५ लाख पर्यटक आउने म्यानमारको अनुमान

९ असार, याङ्गुन । म्यानमारले यस बर्ष ३५ लाख पर्यटकलाई स्वागत गर्ने अनुमान गरिएको छ । यसबर्षको अप्रिलसम्म १२ लाख पर्यटक म्यानमार पुगिसकेका बताइएको छ ।

यो सङ्ख्या गत बर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत बर्ष यसै अवधिमा ९ लाख पर्यटकले मात्र भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।

सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा ३६ लाखले भ्रमण गरेका थिए ।

यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रमहरु हाल म्यानमारले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij