२०८३ साउन १० आइतबार

मुसलधारे पानी परेपछी घर भत्कियो, तीन लाखको क्षति

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
4K
Shares
मुसलधारे पानी परेपछी घर भत्कियो, तीन लाखको क्षति

९ असार, धुलिखेल । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ ।

बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् । “राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुप¥यो भनेर बोलाउनुभएको थियो” – स्थानीय काल्साङ लामाले भन्नुभयो – “हामी पुग्दा घर भत्किसकेको रहेछ ।”

लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब रु तीन लाख बराबरको क्षति भएको लामाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij