२०८३ साउन ९ शनिबार

सातदोबाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा हानाहान हुँदा एक गम्भीर घाइते

ई आर्थिक    बुधबार, असार ७ २०७४
2.2K
Shares
सातदोबाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा हानाहान हुँदा एक गम्भीर घाइते

७ असार, काठमाडौं । सातदोबाटो चोकमा मंगलबार राति युवतीको दुई समूहबिच ग्याङ फाइट भएको छ । ग्याङ फाइटबाट एकजना युवती गम्भीर घाइते भएकी छिन् ।

घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । मंगलबार राति सलिना राई र कोपिल राईको समूहबिच भएको छुरा हानाहानमा गिरी घाइते भएपछि उनको सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ग्याङ फाइट को कारण भने खुलिसकेको छैन । तर पक्राउ परेका युवतीको बयान अनुसार फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गरेकाले यस्तो घटना हुन पुगेको बताएका छन् । घटनामा संलग्न पाँच जना युवतीलाई पक्राउ गरिएको छ भने फरार रहेका चार जनाको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij