२०८३ साउन ९ शनिबार

विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी : प्रधानमन्त्री देउवा

ई आर्थिक    बुधबार, असार ७ २०७४
6.2K
Shares
विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी : प्रधानमन्त्री देउवा

७ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ ।” कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गर्नुभयो ।

कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराउनुभएको थियो । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij