२०८३ साउन ९ शनिबार

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण आजबाट बन्द, अब कहिले खुल्छ ?

ई आर्थिक    सोमबार, असार ५ २०७४
7.4K
Shares
सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण आजबाट बन्द, अब कहिले खुल्छ ?

५ असार, काठमाडौँ । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।

कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।

अञ्चल कार्यालय वाग्मती एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको छ ।

लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठूलोभ-याङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij